Logo
Logo

सामाजिक सुरक्षा कार्यक्रमलाई समीक्षा गर्ने वेला भयो : गोकर्ण विष्ट


1.2k
Shares

काठमाडौं ।  नेकपा (एमाले) का सांसद गोकर्ण विष्टले सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रमलाई नयाँ ढङ्गले समीक्षा गर्नुपर्ने बताएका छन् । मङ्गलवार संसद्मा आगामी बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले सामाजिक सुरक्षाको दायरा फराकिलो हुँदै जाँदा राज्यले थेग्न नसक्ने बताए । 

सांसद विष्टले सामाजिक सुरक्षा कार्यक्रमलाई सबै वर्गको सट्टा लक्षित वर्गमा केन्द्रित हुने गरी पुनरावलोकन गर्नुपर्ने सुझाव दिए । ‘आगामी बजेटले सामाजिक सुरक्षाको लक्ष्य र दायरा स्पष्ट रूपमा समीक्षा गर्नुपर्छ,’ उनले भने ।

यस्तै, उनले बेरोजगारी समस्यालाई बजेटको पहिलो प्राथमिकता बनाउनुपर्नेमा जोड दिए । ‘हरेक वर्ष १४ देखि २५ वर्ष उमेर समूहका करिब ५ लाख युवा श्रम बजारमा प्रवेश गर्छन् । तर, महिनैपिच्छे ६५ हजार युवा वैदेशिक रोजगारीमा गइरहेका छन्,’ उनले भने । यो अवस्थालाई सम्बोधन गर्न बजेटले ठोस कदम चाल्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्