Logo
Logo

स्वर्णलक्ष्मी सहकारी ठगी : सांसद माया राईविरुद्ध मुद्दा दायर


378
Shares

काठमाडौं ।  कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले मङ्गलवार पूरक अभियोजनमार्फत राईसहितका व्यक्तिलाई प्रतिवादी बनाएर सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो ।

 
यसअघि राईलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि प्रहरीले १३ वैशाखमा कपनबाट उनलाई पक्राउ गरेको थियो । यो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । लामिछाने धरौटीमा रिहा भएका छन् । राईविरुद्ध १७ दिनको अनुसन्धानपछि मुद्दा दायर भएको छ । जसमा १ अर्ब १९ करोड ३० लाख बिगो माग दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्