काठमाडौं । आगामी ६ जेठमा संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख देवराज घिमिरेले मङ्गलवार संसद्मा प्रश्नोत्तर कार्यक्रम हुने गराएका हुन् ।

प्रत्येक महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने व्यवस्था नियमावलीमा छ । नियमावली अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको छ ।














