Logo
Logo

संसद बैठकमा अर्थमन्त्री अनुपस्थित, माओवादीद्वारा नियमापति


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री उपस्थित नभएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पाण्डेले यस्तो आपत्ति जनाएका हुन् ।

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेका छ । प्रतिनिधिसभा नियमावली अनुसार उक्त छलफलमा अर्थमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने छ । तर, आजको बैठकमा अर्थमन्त्री अनुपस्थित भएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

उनले भने, ‘अहिले हामी आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरिरहेका छौं । यो छलफलमा माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यू उपस्थित भएर हाम्रो सदनमा भएका विषयवस्तुहरूलाई सरकारले सुनेर मनन गरेर सांसदका आवाजलाई लैजानुपर्ने थियो । त्यसकारण अर्थमन्त्रीज्यूलाई सदनमा उपस्थित गराएर यो सदनलाई अगाडि बढाउनका लागि म सभामुखज्यूसँग यो नियमापत्ति गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्