‘किङमेकर’का कारण महासंघमा लफडा


Published On : 28 July, 2020

काठमाडौं, १३ साउन । २०७६ साल चैतको २८ र २९ गते सम्पन्न हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा ‘लकडाउन’का कारण झण्डै पाँच महिना अर्थात् २०७७ साल साउन २६ र २७ गतेका लागि तोकियो । तर, आफ्नो प्यानल हार्न सक्ने स्थिति देखिएपछि वरिष्ठ उपाध्यक्ष किशोर प्रधानलाई जोगाउन अध्यक्ष भवानी राणा र वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कार्यसमितिको बैठक बिना साधारणसभा स्थगित गरेर महासंघको इतिहासमाथि कलंक लगाउने काम गरे । राणाले गरेको यस निर्णयविरुद्ध कार्यसमितिका २५ जना सदस्यले तत्काल बैठक बोलाउन माग गरेका छन् । निर्वाचनको मुखमा महासंघभित्र देखिएको यस्तो चरम गुटबन्दीले महासंघको भविष्यमाथि नै कालो बादल मडारिन सक्ने खतरा बढेको छ ।

शेखर गोल्छा र चन्द्र ढकाल पहिला एउटै प्यानलमा थिए । बीचमा प्रधान छिरेपछि गोल्छाले प्यानल परिवर्तन गरे । तर, पनि वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको जित सुनिश्चित छ । प्रधानले विगतमा गोल्छासँग लड्दा प्राप्त गरेको मत समेत सुरक्षित गर्न नसक्ने स्थिति छ । यही स्थिति देखेर गोल्छाले साधारणसभा स्थगित गरिएको भए पनि वरिष्ठ उपाध्यक्षमा ढकाललाई हराउन प्रधानलाई धेरै पापड बेल्नुपर्ने देखिन्छ । किनभने, चण्डी ढकालसँगको प्रतिशोध साँध्न प्रधान मैदानमा उत्रिएका हुन्, चन्द्र ढकाललाई हराउन होइन भन्ने कुरा सबैले बुझेका छन् ।

देशभरिका उद्योगी व्यवसायीहरुको छाता संगठनभित्र यस्तो गुटबन्दी हुनुको कारण पूर्वअध्यक्ष चण्डी ढकाललाई मानिन्छ । ढकाल महासंघको ‘किङमेकर’ बनेको धेरैलाई मन परेको छैन । महासंघका पूर्वअध्यक्षहरु आ–आफ्नै पेशा व्यवसायमा व्यस्त भए पनि ढकाल महासंघको जीवनमा निरन्तर जोडिएकोले महासंघभित्र ढकालको पकड बलियो छ । ढकालले चाहेको खण्डमा जुनसुकै व्यक्तिलाई पनि अध्यक्ष बनाउन सक्ने क्षमता छ । विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष भवानी राणालाई अध्यक्ष बनाएबाट त्यो कुराको पुष्टि हुन्छ । विधान संशोधन नगरेको भए सपनामा पनि राणा महासंघको अध्यक्ष बन्ने थिइनन् । त्यसमाथि शेखर गोल्छालाइ वरिष्ठ उपाध्यक्ष बनाउनमा पनि ढकालको ठूलो भूमिका रहेको छ । चन्द्र ढकाललाई निर्विरोध उपाध्यक्ष बनाउन मात्र होइन, शेखर गोल्छासँग चुनाव हारेका किशोर प्रधानलाई पुनः उपाध्यक्ष बनाएर महासंघ भित्र्याउनुमा पनि ढकालको हात छ ।

तर, शेखर गोल्छा र ढकालबीच असमझदारी बढेपछि ढकालले विधान संशोधन गरेर प्रत्यक्ष अध्यक्षको निर्वाचन गर्नुपने मुद्दा उठाए । यो कुराले मुखैमा आएको गाँस खोसिने डरले गोल्छा र ढकालबीच तिक्ततापूर्ण सम्बन्ध बन्यो । त्यसैको प्रतिशोध साँध्न वरिष्ठ उपाध्यक्षमा गोल्छासँग हारेका प्रधानलाई अध्यक्ष बनाउने शर्तमा ढकालले प्रधानलाई जिल्ला नगर उपाध्यक्षमा ल्याए । तर, पछि प्रधान स्वयं विधान संशोधनको विपक्षमा उभिएर गोल्छाको पक्षमा लागेपछि प्रधान र ढकालबीचको सम्बन्ध बिग्रिएको हो ।

त्यसो नहुँदो हो त शेखर गोल्छा अध्यक्ष, चन्द्र ढकाल वरिष्ठ उपाध्यक्ष बन्ने थिए । शेखर गोल्छा र चन्द्र ढकाल पहिला एउटै प्यानलमा थिए । बीचमा प्रधान छिरेपछि गोल्छाले प्यानल परिवर्तन गरे । तर, पनि वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको जित सुनिश्चित छ । प्रधानले विगतमा गोल्छासँग लड्दा प्राप्त गरेको मत समेत सुरक्षित गर्न नसक्ने स्थिति छ । यही स्थिति देखेर गोल्छाले साधारणसभा स्थगित गरिएको भए पनि वरिष्ठ उपाध्यक्षमा ढकाललाई हराउन प्रधानलाई धेरै पापड बेल्नुपर्ने देखिन्छ । किनभने, चण्डी ढकालसँगको प्रतिशोध साँध्न प्रधान मैदानमा उत्रिएका हुन्, चन्द्र ढकाललाई हराउन होइन भन्ने कुरा सबैले बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस्