Logo
Logo

चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी समिति उपाध्यक्ष सियाओ काठमाडौंमा


1.1k
Shares

काठमाडौं । चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी समिति उपाध्यक्ष सियाओ जी चारदिने नेपाल भ्रमणमा काठमाडौं आएका छन् । बुधबार राति १५ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी काठमाडौं आएका हुन् ।

नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’मा सहभागी हुन सियाओ काठमाडौं आएका हुन् ।

उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, नेपाल–चीन संसदीय मैत्री समूहका संयोजक नारायणकाजी श्रेष्ठ, नेपालका लागि चीनका राजदूत छङ सोङ, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय लगायतले स्वागत गरेका थिए ।

काठमाडौं बस्दा सियाओले उपसभामुख इन्दिरा रानाको औपचारिक निमन्त्रणामा नेपाल आएका सियाओले काठमाडौं बसाइँको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख इन्दिरा रानामगर लगायतसँग भेट्छन् । सियाओको सम्मानमा आज उपसभामुख रानाले रात्रिभोज आयोजना गर्दैछिन् ।

उपाध्यक्ष सियाओ नेतृत्वको संसदीय प्रतिनिधि मण्डलले सगरमाथा संवादमा सहभागी हुनुका साथै काठमाडौंका बौद्धनाथ, स्वयम्भूनाथ, बसन्तपुर दरबार क्षेत्र तथा भक्तपुर दरबार क्षेक्र अवलोकन गर्ने कार्यक्रमसमेत रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए । चिनियाँ प्रतिनिधि मण्डल काठमाडौंबाट जेठ ३ गते दिउँसो स्वदेश प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्