Logo
Logo

काठमाडौंको सतुंगलमा आगलागी


756
Shares

काठमाडौं । काठमाडौंको सतुंगलमा आगलागी भएको छ । आज बिहान साढे ५ बजेतिर चन्द्रागिरि नगरपालिका–११ सतुंगल चोकस्थित एक व्यवसायिक कम्प्लेक्समा आगलागी भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार उक्त कम्प्लेक्समा रहेको कपडा पसलमा विद्युत सर्ट भइ आगलागी भएको हो । आगो निभाउन नेपाल प्रहरी र शस्त्र प्रहरी परिचालन भएका छन् ।

आगो निभाउन चन्द्रागिरी नगरपालिकाको, नेपाली सेना विपद गणबाट १ वटा, नेपाल आयल निगम थानकोटबाट एउटा, जुद्द बारूणयन्त्रबाट २ वटा र ललितपुर महानगरपालिकाबाट एउटा गरी ६ वटा दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ ।

अहिले आगो नियन्त्रणमा आएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने विवरण यकिन भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्