Logo
Logo

नागढुङ्गा कुटपिट घटना : दुबै प्रहरी जिम्मेवारीबाट हटाइए


8.6k
Shares

काठमाडौं । नागढुङ्गामा प्रहरीबीच भएको कुटपिटको घटनामा संलग्न दुई प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ ।

ट्राफिकका एक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटपिट गरेको भिडिओ बुधबार दिउँसो सामाजिक सञ्जालमाा भाइरल भएपछि उनीहरुलाई जिम्मेवारीबाट हटाएर छानविन थालिएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता शेखर खनालका अनुसार भिडिओमा देखिएका दुवै प्रहरीलाई प्रधान कार्यालय बोलाएर छानबिन प्रक्रिया सुरु गरिएको छ । उक्त घटनाको भिडिओ सार्वजनिक भएपछि प्रहरी संगठनभित्र अनुशासन र आचरणको विषयमा गम्भीर प्रश्न उठेको छ ।

घटनाको विस्तृत छानबिनपछि थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । पछिल्लो समय प्रहरीले आचरण विपरित कार्य गरेको भिडिओहरु सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै बाहिरिनेक्रम बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्