Logo
Logo

आज नेपाल र बहराइन भिड्दै


819
Shares

काठमाडौं । आईसीसी महिला टी– २० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । खेल आज दिउँसो साढे १२ बजे थाइल्यान्डकाे तर्डथाई क्रिकेट ग्राउन्डमा  सुरु हुनेछ ।

यसअघि बहराइनलाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोवलका साथ मैदानमा उत्रनेछ । उता बहाराइन भने यसअघिको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो भने दोस्रो खेलमा हङकङ ७ विकेटले विजयी भएको थियो । नेपालसहित बहराइन, हङकङ, भुटान, कुवेत, थाइल्यान्ड, मलेसिया कतार र यूएई महिला टी–२० विश्वकप एसिया छनोटमा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्