काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र बहराइनबीचको खेलमा वर्षाका कारण बाधक बनेको छ ।

थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा खेल चलिरहेको थियो । टस जितेर ब्याटिङ गरिरहेको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाउँदै ७६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको छ ।














