Logo
Logo

उमागौरी सहकारी बचत अपचलन मुद्दाको सक्कल मिसिल झिकाउन आदेश


693
Shares

विराटनगर । उच्च अदालत विराटनगरले उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दाको सक्कल मिसिल झिकाउने आदेश जारी गरेको छ । बिहीबार कामु मुख्यन्यायाधीश ध्रुवराज नन्दको इजलासले जिल्ला अदालतको आदेशविरुद्ध परेको निवेदनको सुनुवाइका लागि यो आदेश दिएको हो ।

मोरङको धनपालथान–४ स्थित उमागौरी सहकारीको बचत अपचलन मुद्दामा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित ६ जनालाई जिल्ला अदालत मोरङले १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । सहकारीका अध्यक्ष सम्भुप्रसाद रौनियारसहित दुई सञ्चालकलाई भने थुनामा पठाइएको थियो । जिल्लाको उक्त आदेशविरुद्ध सरकारी वकिल उच्च अदालत पुगेका थिए ।

यसअघि वैशाख ११ मा उच्च अदालतका न्यायाधीश श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बाँस्तोलाबीच राय बाझिएपछि नयाँ बेञ्च तोकिएको थियो । न्यायाधीश पुडासैनीले जिल्लाको आदेश सदर गर्नुपर्ने राय दिएकी थिइन् भने बाँस्तोलाले धरौटी १ करोड बनाउनुपर्ने मत राखेका थिए । मुद्दाको अर्को सुनुवाइ बिहीबार हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्