Logo
Logo

सरकारलाई बोलेर नभई गरेरे देखाउन वर्षमान पुनको आग्रह


378
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारलाई प्रतिपक्षको प्रश्नको जवाफ बोलीले होइन, कामले दिन आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उनले सत्तापक्ष, मन्त्री र प्रधानमन्त्रीले प्रतिपक्षमाथि गालीगलौज गर्नुको सट्टा काममा केन्द्रित हुनुपर्ने बताए ।

‘प्रतिपक्षले खबरदारी गर्नु लोकतान्त्रिक प्रक्रिया हो । सत्तापक्षले काम गरेर जवाफ दिनुपर्छ, मुख चलाएर होइन,’ पुनले भने । उनले प्रतिपक्षको रचनात्मक आलोचना र जनताको आवाजलाई काममार्फत सम्बोधन गरे सरकारको वाहवाही हुने उल्लेख गरे । सत्तापक्षका सांसदहरूले मन्त्रीको जबाफदेही भूमिका लिनु अनुचित भएको भन्दै उनले आपत्ति जनाए ।

पुनले प्रि–बजेट छलफलको औचित्यमाथि पनि प्रश्न उठाए । राष्ट्रिय योजना आयोगले चैत मसान्तभित्र आयोजना बैङ्कमा कार्यक्रम दर्ता गरिसक्ने कार्यविधि भए पनि जेठ १ मा सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नु विसङ्गति भएको उनको भनाइ छ । गत वर्ष प्रचण्ड नेतृत्वको सरकारले तीन महिना अगावै यस्तो छलफल सक्न अध्यादेश ल्याएको तर वर्तमान सरकारले त्यसलाई पछ्याउन नसकेको उनले बताए । 

गत वर्ष अर्थमन्त्री हुँदा डेढ महिना संसद्मा छलफलमा सहभागी भएको स्मरण गर्दै पुनले भने, ‘राष्ट्रिय सभामा जाँदा प्रतिनिधिसभा र प्रतिनिधिसभामा जाँदा राष्ट्रियसभा बन्द हुन्थ्यो। तर, अहिलेका अर्थमन्त्री विष्णु पौडेललाई त्यस्तो हैरानी भोग्नु परेन। हामी असहिष्णु छैनौँ ।’

प्रतिक्रिया दिनुहोस्