Logo
Logo

पटकपटक बिजुली गएपछि प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यले गरे निरीक्षण


2k
Shares

काठमाडौं ।  विद्युत् वितरण प्रसारणमा समस्या देखिएपछि विद्युत् प्राधिकरका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रणाली सञ्चालन विभाग स्विचाटारको निरीक्षण गरेका छन् । प्रणालीमा समस्या देखिएपछि कार्यकारी निर्देशक शाक्यले आकस्मिक अवलोकन गरेका हुन् ।

विभागमा प्रत्यक्ष रूपमा बसेर उनले ढल्केबर गृड महाशाखाका प्रमुख विनोद लोहनीलाई समस्या समाधानका लागि  निर्देशन दिएका हुन् । भारतबाट नेपालमा हाल बिजुली आयात भइरहेको ४०० केभी ढल्केबर मुजफरपुर लाइनमा भारततर्फ आएको समस्याले गर्दा पटकपटक विद्युत् अवरुद्ध भइरहेको छ ।

आजै तीनपटकसम्म प्रसारण अवरुद्ध भएको छ । पहिलो पटक साँझ साढे ६ बजेतिर अवरुद्ध भएको बिजुली करिब एक घण्टापछि आएको थियो । करिब ८ बजे पुनः आएको बिजुली १५ मिनेटपछि पुनः अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्