Logo
Logo

मेयर बालेनद्वारा चार समितिका संयोजकहरूको जिम्मेवारी हेरफेर


3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नगर कार्यपालिका अन्तर्गतका चार समितिका संयोजकहरूको जिम्मेवारी हेरफेर गरेका छन् । सूचना प्रविधि, सुशासन, सम्पदा तथा पर्यटन, र विधायन समितिका संयोजकहरूलाई हटाएर नयाँ संयोजकहरू नियुक्त गरिएको छ।

काठमाडौं महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ र उपनियम (१) बमोजिम यो परिवर्तन गरिएको महानगरपालिकाले जनाएको छ।

सूचना प्रविधि समिति : वीरेन्द्र प्रजापती (नवीन मानन्धरको स्थानमा)

सुशासन समिति : दलबहादुर कार्की (ख्यामराज तिवारीको स्थानमा)

सम्पदा तथा पर्यटन समिति : विनोद कुमार राजभण्डारी (आशामान संगतको स्थानमा)

विधायन समिति : रोजिना श्रेष्ठ (मचाराजा महर्जनको स्थानमा)

प्रतिक्रिया दिनुहोस्