Logo
Logo

यी स्थानमा बिहानैदेखि वर्षा, यस्तो छ आजको मौसम


504
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार शुक्रबार बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका भूभागहरूमा वर्षा भएको छ । मोरङको हरैचा मापन केन्द्रमा एक घन्टाको अवधीमा ४०.४ मिलिमिटर वर्षा भएको महाशाखाको वेबसाइटमा उल्लेख छ ।

इलाम, धनकुटा, सुनसरी, खोटाङ, ताप्लेजुङ, काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, पर्वत, कालीकोट लगायका जिल्लाका विभिन्न भूभागहरुका हल्का वर्षा भएको छ ।

यस्तै, शुक्रबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफा देखि आंशिक बदली रहने महाशाखाका पूर्वानुमान छ ।

त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्