Logo
Logo

चितवनमा बस दुर्घटना, १५ जना घाइते


378
Shares

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनमा यात्रुवाहक बस ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।लहानबाट काठमाडौँ आइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस रत्ननगर नगरपालिका–१० मा डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

३९ जना सवार बस दुर्घटना हुँदा १५ जना घाइते भएको चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए । घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको तथा बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्