Logo
Logo

३९ उपसचिवसहित ९३ अधिकृतको सरुवा, काज र पदस्थापना


3.4k
Shares

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले ३९ उपसचिव र ५४ शाखा अधिकृत सहित एकै पटक ९३ जना अधिकृतको सरुवा, काज तथा पदस्थापन गरेको छ ।

मन्त्रालयले मन्त्रालयको अतिरिक्त समूहमा रहेका, विभिन्न निकायमा रहेका र काजमा खटाइएका ९३ अधिकृतको सरुवा, काज तथा पदस्थापन गरेको हो । जसमा ६ उपसचिवले नगरपालिका र २ शाखा अधिकृतले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।

राष्ट्रिय योजना आयोगको सचिवालयमा कार्यरत उपसचिव अशोक कोइरालाले नवलपरासी पूर्वको देवचुली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् भने दोलखाको जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका पुरुषोत्तम सापकोटालाई काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

पाँचखाल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका अच्युतराज रेग्मीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।

यस्तै तेह्रथुमको म्याङलुग नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका टिकामणि न्यौपानेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगत सरुवा भएको छ भने डोटीको दिपायल सिलगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका धर्मराज गैरेको राष्ट्रपतिको कार्यालयमा सरुवा भएको छ ।

को कहाँ ?

प्रतिक्रिया दिनुहोस्