Logo
Logo

कारको ठक्करबाट मर्निङवाक हिडेका दुई महिलाको मृत्यु


1.4k
Shares

काठमाडौं । कारको ठक्करबाट कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु भएको छ ।

आज (शुक्रबार) बिहान करिब ६ बजे पत्थरकोटबाट गोरुसिङ्गेतर्फ गइरहेको बि–एबी ९५९९ नम्बरको कारले बाटो काटिरहेका ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कपिलवस्तुका डिएसपी तथा सूचना अधिकारी मोहनमणि अधिकारीले जानकारी दिए ।

प्रहरीले कार र चालक रुपन्देहीको सैनामैना नगरपालिका–५ का ३२ वर्षीय खिमराज श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्