Logo
Logo

काठमाडौंमा ‘सगरमाथा संवाद’ सुरू


189
Shares

काठमाडौं । सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ काठमाडौंमा सुरु भएको छ ।

जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ आयोजित ‘सगरमाथा संवाद’ को समुद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

१२ देशका उच्च तहको प्रतिनिधिमण्डल सहभागी ‘सगरमाथा संवाद’मा चीन, भारतलगायत १ सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै संख्यामा नेपाली सहभागी छन् ।

संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ राखिएको छ । आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरु सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्