
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग फोन सम्पर्क गरेका छन् ।
पार्टीको मध्यपहाडी लोकमार्गअन्तर्गत अभियानको सुरुवात गर्न डडेलधुरा पुगेका प्रचण्डले देउवालाई त्यहीँबाट फोन गरेका हुन् । डडेलधुरा देउवाको गृहजिल्ला हो ।
प्रेस सेन्टर डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफू र देउवाबीच टेलिफोन संवाद भएको जानकारी गराए । ‘यो त शेरबहादुर जीको पनि गृहजिल्ला हो भनेर चिनिन्छ । हाँ बस्दैगर्दा फोनमार्फत डडेलधुरा आएको जानकारी गराएँ । देउवाजीले स्वागत छ मेरो जिल्लामा भनेर भन्नुभयो,’ उनले भने ।
यसअघि १५ मंसिर ०८० मा मेची–महाकाली अभियानको सिलसिलामा डडेलधुरा पुगेका नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देउवाकै गृहजिल्ला डडेलधुरा पुगेर देउवासँग फोन वार्ता गरेका थिए ।