Logo
Logo

प्रसारण लाइन विस्तार नहुँदा विद्युत् आपूर्तिमा समस्या आयो : हितेन्द्रदेव शाक्य


693
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् उत्पादन बढे पनि प्रसारण लाइन सञ्जालको विस्तार नहुँदा विद्युत् आपूर्तिमा समस्या आएको बताएका छन् ।

स्युचाटार सबस्टेसनमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रसारण लाइनको क्षमता वृद्धि नगरे साना घटनाले पनि ट्रिपिङ हुने र ठुलो सङ्कट निम्तिन सक्ने बताएका हुन् । 

शाक्यले प्राधिकरणको कमजोर पूर्वाधार, उपकरण र सञ्जालका कारण स्युचाटार, बालाजु र ढल्केबर–पथलैया प्रसारण लाइनमा ओभरलोडको समस्या रहेको उल्लेख गरे । ‘माग बढ्दा पूर्वाधारले धान्न सकेको छैन, जसले लोडसेडिङको अवस्था आउँछ,’ उनले भने । उनले प्रणाली सुधार र प्रसारण लाइन विस्तारमा जोड दिँदै आगामी दिनमा उत्कृष्ट काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्