Logo
Logo

गभर्नर नियुक्तिमा सरकारले अनेकौँ चलखेल गरिरहेको छ : प्रचण्ड


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल राष्ट्र बैङ्कका गभर्नर नियुक्तिमा अनेक खालका चलखेल भइरहेको आरोप लगाएका छन् ।

मध्यपहाडी लोकमार्ग आन्तर्गत सुदूरपश्चिम स्थिति बैतडीको पाटनबाट शुक्रवार सुरु भएको जागरण अभियानको उद्घाटन गर्दै उनले सरकार कुशासन तर्थ अघि बढिरहेको आरोप लगाए । 

राष्ट्र बैङ्कको गभर्नर नियुक्तमा ढिलाइ भएको भन्दै उनले भने, ‘राष्ट्र बैङ्कको गभर्नर तुरुन्तै नियुक्त हुनुपर्ने पद हो । सरकारले अहिलेसम्म नियुक्त गर्न सकेको छैन । त्यसमा अनेक खलाका चलखेल भइराखेको छ । यी सबै कारणले यो सरकार विल कुल गलत दिशामा गइराखेको छ ।  राष्ट्र र जनताको हितविपरित गइराखेको छ । मजदुर किसानको हितविपरित गएको छ । हामीले सरकारलाई चुनौती दिएर हिँडेका छौँ । अझै पनि मध्यपहाडी मार्गमा खबरदारी गर्दै जानेछौँ ।’

साथै मध्यपहाडी लोक मार्ग माओवादीको पहलमा निर्माण भएको उनले दाबी गरे । १८८९ किलोमिटर भित्र पर्ने १० वटा ठुला स्मार्ट सिटी बनाउने अवधारणा माओवादीकै अगुवाइमा भएको जिकिर समेत गरे ।

प्रतिक्रिया दिनुहोस्