काठमाडौं । यू–१९ साफ च्याम्पियनशिप फुटबलको पहिलो सेमिफाइनलमा नेपालले आज बङ्गलादेशको सामना गर्दै छ । खेल भारतको गोल्डेन जुब्ली स्टेडियममा दिउँसो ३ : ४५ बजे सुरु हुनेछ ।

नेपाल समूह ‘बी’ को उपविजेता र बङ्गलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । समूह चरणमा नेपालले श्रीलङ्कालाई हराए पनि आयोजक भारतसँग पराजित भएको थियो। बङ्गलादेशले भने माल्दिभ्ससँग बराबरी खेलेर भूटानलाई हराएको थियो ।
आजै राति ७: ४५ बजे दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता भारत र समूह ‘ए’ को उपविजेता माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन् । नेपालले सन् २०१५ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो, तर पछिल्लो संस्करणको फाइनलमा बङ्गलादेशसँग हारेको थियो। आजको खेलमा नेपाल उपाधि यात्रालाई कायम राख्ने लक्ष्यमा छ ।














