Logo
Logo

हावाहुरीका कारण हवाई उडान प्रभावित


1.4k
Shares


काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा शुक्रवार आएको भीषण हावाहुरीका कारण हवाई उडानहरू प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार साँझका अधिकांश आन्तरिक र अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।

विमानस्थल कार्यालयका अनुसार हावाहुरीका कारण पोखरा, नेपालगञ्ज, धनगढी र भैरहवाका उडानहरू रद्द भएका छन् । उडान रद्द हुँदा यात्रुहरूले ठुलो असुविधा बेहोर्नुपरेको छ ।
 
हावाहुरीले सडक यातायात र जनजीवनमा समेत प्रभाव पारेको छ। प्रहरी र स्थानीय प्रशासनले क्षति विवरण सङ्कलन र उद्धार कार्य गरिरहेको छ । विमानस्थलले मौसम सामान्य भएपछि उडान पुनः सञ्चालन हुने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्