काठमाडौं । जापानमा गैरकानुनी रूपमा बस्दै आएका सात जना नेपालीलाई निष्कासन गरेको छ । गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो ।

निष्कासनमा पर्नेमा बुढा, बुढा मगर, छन्त्याल, दर्लामी, नेम्वाङ, थापा मगर र पुन रहेका छन् । उनीहरूलाई थाई एयरलाइन्सको विमानबाट नेपाल फर्काइएको हो । जापानले यसै साता ७ जना नेपालीलाई निष्कासन गरेको छ । गैरकानुनी रूपमा बसोबास गरेका उनीहरूलाई नेपाल फर्काइएको जनाइएको छ ।
गत वैशाख अन्तिम साता पनि जापानले दुई जना नेपालीलाई निष्कासन गरेको थियो । अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको थियो।














