Logo
Logo

मिलेर सरकार चलाउनु बाध्यता हो,गल्ती भए सुधार्छौँ : देउवा 


2.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारका केही कमीकमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका छन् ।  प्रजातान्त्रिक बिचार समाजले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठुलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताएका हुन् ।

देउवाले अहिलेको प्रणालीमा कुनै पनि दलको बहुमत आउन गाह्रो हुने भएकाले मिलेर सरकार बनाउनुपर्ने र मिलेरै चुनाव लड्नुपर्ने बाध्यता रहेको समेत बताए । सभापति देउवाले देशमा समावेशी संविधान रहेकाले सबैको प्रतिनिधित्व संसद्मा रहेको बताए । उनले २०४८ सालमा कांग्रेसको नेतृत्वको सरकार बनेपछि देशमा धेरै विकासका कामहरू भएको उल्लेख गर्दै अहिले पनि मुलुक विकासको बाटोमा अघि बढिरहेको बताए ।

त्यस्तै सभापति देउवाले २०५२ सालमा आफू प्रधानमन्त्री हुँदा सांसदहरूलाई सुविधाका लागि सबैको सहमतिले गाडी खरिदमा भन्सार छुट दिने योजना ल्याएको स्मरण गर्दै त्यसलाई विरोध गर्नेले पजेरो काण्ड भन्ने गरेको जिकिर समेत गरे । त्यस बेला भन्सार छुट दिने योजनाको विरोध गर्नेले नै सबैभन्दा पहिले छुटमा गाडी किनेको उनले बताए । सभापति देउवाले प्रजातन्त्रमा बोल्न पाउने अधिकार भएकाले सोही विषयमा अहिले पनि टिका टिप्पणी हुनु ठुलो कुरा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्