मोरङ । ३२औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा (एमाले) पथरी शनिश्चरे नगरपालिका कमिटीले वडा नं. ८, शुक्रबारे दोहलुमा बृहत् वृक्षारोपण कार्यक्रम आयोजना गरी जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितलाई श्रद्धासुमन अर्पण गरेको छ । जेठ ३ गतेको यो दिन उनीहरूको योगदान सम्झने, सम्मान गर्ने र उनीहरूले देखाएको बाटोमा अघि बढ्ने सङ्कल्प दोहोर्याउने अवसरका रूपमा मनाइएको छ ।

मदनकुमार भण्डारीको गृह जिल्ला मोरङमा आयोजित कार्यक्रममा उनीहरूको वैचारिक, राजनीतिक र सङ्गठनात्मक योगदानको स्मरण गरिएको छ । जननेता भण्डारी र सहयोद्धा आश्रितले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक र व्यावहारिक उचाइमा पु¥याएको एमाले नेताहरूले उल्लेख गरे ।
मदन भण्डारी र जीवराज आश्रितको योगदान :
१. वैचारिक नेतृत्व : मदन भण्डारीले स्पष्ट विचार र व्यवहारमार्फत नेपाली राजनीतिमा बाम–प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरे । उनको द्वन्द्ववादी विश्लेषणले नेपाली समाजको मौलिक अध्ययन गरी समृद्धिको रणनीति प्रस्तुत ग¥यो ।
२ . राष्ट्रिय स्वाधीनता : राष्ट्रिय हित, स्वाधीनता र भौगोलिक–सांस्कृतिक अखण्डताको संरक्षणमा भण्डारीको अटल अडान रह्यो ।
३. जनताको बहुदलीय जनवाद : भण्डारीले १४ विशेषतासहितको जनताको बहुदलीय जनवाद ९जबज० मार्फत खण्डित र दिशाहीन कम्युनिस्ट आन्दोलनलाई संसदीय अभ्यासमा स्थापित गरे ।
४. विश्व कम्युनिस्ट आन्दोलनमा योगदान स् सोभियत सङ्घको विघटनपछि सङ्कटमा परेको विश्व कम्युनिस्ट आन्दोलनमा भण्डारीले जबजको नयाँ संस्करण प्रस्तुत गरी वैचारिक नेतृत्व प्रदान गरे ।
५. आदर्श व्यक्तित्व स् अध्ययन, इमान, निष्ठा, अनुशासन र सामूहिकतामा विश्वास गर्ने भण्डारी कम्युनिस्ट आन्दोलनका आदर्श पुरुष बने ।
६. जीवराज आश्रितको सङ्गठनात्मक कौशल : आश्रितले भण्डारीका विचार र कार्यक्रमलाई सङ्गठनात्मक रूप दिने महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।
कार्यक्रममा एमाले नेताहरूले भण्डारी र आश्रितले देखाएको बाटोमा अडिग रहने प्रतिबद्धता व्यक्त गरे ।
वृक्षारोपण कार्यक्रममार्फत पर्यावरण संरक्षणको सन्देश दिँदै आयोजित यो समारोहमा जननेता भण्डारी र आश्रितप्रति हार्दिक श्रद्धासुमन अर्पण गरियो ।














