Logo
Logo

कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन क्रान्तिकारी सोच आवश्यक : नेपाल


504
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन क्रान्तिकारी सोचका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा अखिल नेपाल महिला सङ्घ (समाजवादी) को सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रतिगामी तत्वहरूविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए ।

The current image has no alternative text. The file name is: madhab-nepal.jpg

अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनमा देखिएका विकृति र विसंगतिहरूलाई चिर्दै जनताको मुक्तिका लागि आन्दोलनलाई सशक्त बनाउनुपर्ने बताए। “हामी देशको विशेषता बुझेर क्रान्तिकारी सोचका साथ कम्युनिस्ट आन्दोलनलाई उभ्याउन लागिपरेका छौँ। सफलताको उपभोग गर्न नजान्दा हामी कमजोर पनि भयौँ,” उनले भने।

उनले कम्युनिस्ट आन्दोलनले नै जनतालाई मुक्ति दिएको इतिहास स्मरण गर्दै समाजवादको सपना साकार पार्न कम्युनिस्ट पार्टीबाहेक अन्यले नसक्ने दाबी गरे । “हाम्रा कमी–कमजोरी स्विकार्दै, आग्रह–पूर्वाग्रह त्यागेर जनताको पिर–मर्कासँग जोडिनुपर्छ । असमानता र कुरीतिविरुद्ध लड्दा मात्र पार्टीको आन्दोलन सार्थक हुन्छ,” नेपालले थपे ।

उनले वर्तमानमा लोकतन्त्रमाथि खतरा बढेको र विगतमा उखेलिएका प्रतिगामी तत्त्वहरूले पुनः टाउको उठाउने प्रयास गरिरहेको उल्लेख गरे । “यी तत्त्वहरूलाई निस्तेज पार्न हाम्रो पार्टी आन्दोलनमा छ । हामी एकजुट भएर प्रतिगमनविरुद्ध लड्नुपर्छ,” उनले भने ।

सम्मेलनमा नेपालले समाजवादी आन्दोलनलाई सशक्त बनाउन महिलाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै पार्टीको लक्ष्यप्रति दृढ रहन आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्