Logo
Logo

आइपिएलको रोकिएका खेल आजदेखि


693
Shares

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो सीमा तनावका कारण एक साता स्थगित भएको भारतीय प्रिमियर लिग (आईपीएल) का खेलहरू आज (शनिबार) बाट पुनः सुरु हुँदै छन् ।


 
आज राति रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।  ११ खेल खेलेको आरसीबी १६ अङ्कसहित दोस्रो स्थानमा छ, जबकि शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सको पनि समान १६ अङ्क छ । यता, १२ खेलमा ११ अङ्क जोडेको कोलकाता छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्