Logo
Logo

साँफे-मार्तडी सडकमा पहिरो, यातायात अवरुद्ध


नन्दा थापा

0
Shares

  • नन्दा थापा

बाजुरा, १३ साउन । अविरल बर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने साँफे मार्तडी सडकअन्र्तगत बार्जुगाड प्रहरी चौकीनजिकै पहिरो गएको छ । सोमबार रातिदेखि आएको अविरल बर्षाका कारण मंगलबार बिहान पहिरो गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रशाद भट्टराईले बताए ।
पहिरो बार्जुगाड प्रहरी चौकी नजिकै गएको छ । पहिरो पन्छाउन दुई तीन दिनभन्दा बढी लाग्ने प्रहरी चौकी बार्जुगाडबाट जानकारी आएको कार्यालय प्रमुख भट्टराईले बताए । लगातारको बर्षाका कारण साफे मार्तडी सडक खण्ड पहिरोले छेदबिछेद भएको तीन हप्ता भन्दा बढी भइसकेको छ ।


साउन ३ गतेसम्म बुढीगंगा नगरपालिका २ को बल्देसम्म यातायता सञ्चालनमा आएपनि चार गते ताँप्रीसेराको घट्टे खोलाको पक्की पुल नै बगाएपछि ताप्रीसेरासम्मको यातायात पनि आजबाट बार्जुगाडसम्मै रोकिएका छन् । यातायात बार्जुगाड नै रोकिएपछि यात्रु समस्यामा परेका छन् । आज पहिरो आएको बार्जुगाड सदरमुकाम मार्तडीबाट ४२ किलोमिटरको दुरीमा पर्दछ । यात्रुहरुले ४२ किलोमिटर पैदल हिड्नु पर्ने बाध्यता भएको छ । लगातारको बर्षाका कारण सडक अबरुद्ध भएपछि सदरमुकाम लगायतका बजारमा दैनीक उपभोग्य सामानको अभाव भएको छ ।
बाजुरामा हिजोरातिदेखि भीषण बर्षा भइरहेको छ । जिल्ला भरि धेरै ठाउँ क्षति भएको हुनसक्ने बताइएको छ । धेरै ठाउँ फोन सम्पर्क नहुँदा क्षतिको बिबरण आउन नसकेको प्रहरीले बताएको छ । त्यसैगरी बुढिगंगा नगरपालिकै डाव भन्ने ठाउँमा पनि साफेँ मार्तडी सडकमै पहिरो आएर सडक अबरोध भएको स्थानीयले जानकारी दिएका छन ।
त्यस्तै त्रिबेणी नगरपालिका वडा न ९ ताम्सुमा पहिरोेले एक घर बगाएको छ । हिजोे रातीदेखि निरन्तर बर्षाका कारण पहिरो आएर घर बगाएको हो । पहिरो अहिले पनि बगिरहेको स्थानीय मदन थापाले बताए ।
एक घर पुर्णरुपमा पहिरोले बगाइसकेको र ५ ओटा घर पहिरोनजिक रहेकाले जोखिम रहेका स्थानीय थापाले बताए । त्रिबेणी नगरपालिका वडा न ९ ताम्सुमा ५० घर परिवार रहेका छन यदि यो पहिरो निरन्तर बग्ने हो भने गाउँ नैै जोखीममा रहने स्थानीयले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्