Logo
Logo

प्रचण्डले भीम रावललाई भने-‘माओवादीको ढोका खुला छ आउनुस्’


6.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियानअन्तर्गत अछामको साँफेबगरमा आयोजित सभालाई सम्बोधन गर्दै नेता भीम रावललाई माओवादीसँग सहकार्य गर्न आग्रह गरेका छन् । 

उनले भने, ‘कार्यक्रममा आउँदा बाटोमा भीम रावलको सम्पर्क कार्यालय देखेँ । हिजो मात्र उहाँसँग फोनमा कुरा भएको थियो । उहाँले कार्यक्रमको सफलताको शुभकामना दिनुभयो । मैले भने, तपाईँ किन अन्य ठाउँ भतारिनुहुन्छ ? आउनुस्, हामी बसेर कुरा गरौँ, सहकार्य गरौँ । आवश्यक व्यक्तिसँग कुरा नगरी अरूसँग समय बर्बाद गर्नुहुन्छ ।’ 

प्रचण्डले अछामको सेती राजमार्ग, बुढीगंगा हाइड्रोपावर र बयालपाटा अस्पतालका लागि उचित बजेट विनियोजनको पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले माओवादी केन्द्र बलियो भए राष्ट्र नै बलियो हुने भन्दै २०८४ को निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बनाउन अपिल गरे ।

 सभामा जनयुद्धको आधार क्षेत्र मानिएको रामारोशन गाउँपालिकाका महिलाहरूले देउडा गीतमार्फत अछामको विकास र जनयुद्धका घाइते तथा शहीद परिवारको उचित व्यवस्थापनको माग गरेका थि ए।

प्रतिक्रिया दिनुहोस्