Logo
Logo

बस्नेत र राईको पक्राउमा देउवा भने-‘हामी पनि जेल बसेर आएका हौँ’


6.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निलम्बित सांसद माया राई र मोहनबहादुर बस्नेतको पक्राउ प्रकरणलाई ठुलो अर्थमा नलिन पार्टी सांसदहरूलाई आग्रह गरेका छन् । शनिवार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा उनले यो विषयलाई राजनीतिक प्रक्रियाको सामान्य हिस्साको रूपमा लिन सुझाए ।

पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सभापति देउवाको भनाइ उद्धृत गर्दै भने, “सांसदहरूले राई र बस्नेतको पक्राउबारे कुरा उठाए । सभापतिज्यूले जवाफ दिँदै राजनीतिमा यस्ता घटना सामान्य हुने र हामी आफैँ पनि जेल बसेर आएको स्मरण गराउनुभयो । यो विषयलाई ठुलो अर्थमा लिनुहुँदैन ।”

बैठकमा सांसद राईले पार्टीले आफूलाई संरक्षण नगरेको गुनासो गर्दै भावुक सम्बोधन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्