Logo
Logo

गाजाको सुरक्षित क्षेत्रमा पनि इजरायली आक्रमण, ३६ जनाको मृत्यु


630
Shares

काठमाडौं । इजरायलले गाजाको अल–मावासीमा आक्रमण गर्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

अलजजिराका हनुसार पछिल्लो समय ‘सुरक्षित क्षेत्र’ भनिएको गाजाको उक्त क्षेत्रमा गएराति इजरायली सेनाको आक्रमणबाट ३६ जनाले ज्यान गुमाएका हुन् ।

पछिल्लो समय इजरायली सेनाले स्थल आक्रमणलाई विस्तार गर्ने तयारी गरिरहेको बेला यो आक्रमण भएको हो । यसैबेला कतारमा हमाससँग युद्धविराम वार्ता पनि चलेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ५३ हजार २७२ जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने एक लाख २० हजार ६७३ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्