Logo
Logo

आज शिक्षा समितिलाई प्रतिवेदन बुझाउँदै उपसमिति


630
Shares

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । बैठक दिउसो ३ः ३० बजे बस्ने भएको हो । बैठकमा छविलाल विश्वकर्मा संयोजकत्व रहेको उपसमितिले तयार पारेको आफ्नो प्रतिवेदन बुझाउने कार्यसूची छ ।

उक्त उपसमितिले विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्दै प्रतिवेदन तयार पारेको थियो । विद्यालय शिक्षा विधेयकका विभिन्न दफाहरूमा सहमति जुट्न नसकेपछि ती विषयहरूलाई त्यत्तिकै राखेको छ ।

अब प्रतिवेदनमाथि समितिमा छलफल हुनेछ । र समितिले समेत आवश्यक थपघट गर्न सक्नेछ । समितिमा समेत आवश्यक छलफल भएपछि विधेयक संसदमा पेश गरिनेछ । असार १५ गतेको बैठकमा प्रतिनिधिसभाबाट विधेयक पेश गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्