
काठमाडौं । बारामा जारी जितपुर–सिमरा व्यापार तथा सांस्कृतिक महोत्सवमा प्रहरीले हस्तक्षेप गरेको छ । शनिबार राति प्रशासनले तोकिदिएको समयभन्दा ढिलासम्म महोत्सव सञ्चालन गरिएपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रशासनले बिहान १० देखि साँझ ६ बजेसम्म अनुमति दिएको थियो । तर, आयोजकले राति ९ बजेसम्म टिकट बेचेपछि रातको समयमा शान्ति सुरक्षामा चुनौती हुने भन्दै प्रहरीले रातिको महोत्सव बन्द गराएको हो ।
डीएसपी सुभद्रा वाइबाले आफैं स्टेचमा पुगेर माइक कार्यक्रम रोकेको थिइन् । आयोजकले अटेरी गरेर रातिसम्म महोत्सव सञ्चालन गरेकाले रोकेको डीएसपी वाइबाले जानकारी दिइन् ।














