Logo
Logo

माओवादीको जागरण अभियान कर्णाली पुग्यो


378
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान कर्णाली प्रदेश पुगेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा शुक्रबार बैतडीको पाटनबाट सुरु भएको अभियान आज बिहान कर्णाली प्रदेश प्रवेश गरेको हो ।

माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले सुदूरपश्चिममा अभियान सकेर आाज कर्णाली प्रवेश गरिएको जानकारी दिए । कर्णाली प्रदेशका माओवादी नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई दैलेखको राकममा भव्य स्वागत गरेका छन् ।

राकम कर्णालीमा सहिद परिवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम‌ गरेर टोली आज मध्यपहाडी राजमार्गका जम्बुकाँध, दुल्लु हुँदै दैलेख सदरमुकाम पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्