Logo
Logo

सशस्त्रका असई छत्यालले गरे सगरमाथाको सफल आरोहण


693
Shares

काठमाडौं । सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय  उच्च भुभाग बिपद् उपशाखामा कार्यरत छत्याल आज बिहान (जेठ ४) बिहान ९ः२० बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

सहायक निरीक्षक छत्यालले सगरमाथा शिखरमा पुगेर ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

छत्यालले गत वैशाख २२ गते ६ हजार ११४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । तराई, पहाड, हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देशसहित छत्याल ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरीको झण्डा लिई सगरमाथा आरोहण गर्न वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

उनलाई बैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित बिदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्