Logo
Logo

सुनको मूल्य घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ किनबेच ?


1.5k
Shares

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।

यसअघि गत शुक्रबार एक लाख ८४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ८४ हजार २ सय कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्