Logo
Logo

मुस्लिम समुदायका व्यक्तिमाथि कुटपिट, बंगुरको खोरमा थन्नेलाई कारबाही गर्न माग


2.4k
Shares

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानलले मुस्लिम समुदायका एक व्यक्तिलाई कुटपिट गरी बंगुरको खोरमा थुनेको भन्दै आपत्ति जनाएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खानले झैझगडाको निहुँमा यस्तो निच हर्कत गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे । सर्लाही पर्सा–५ को तसलिम अन्सारीलाई केही व्यक्तिहरुले कुटपिट गरि बंगुरको खोरमा थुनेका थिए ।

सो विषय उठाउँदै सांसद खानले भने, ‘केही अराजक तत्वहरुले सामाजिक झैझगडालाई लिएर धार्मिक द्वन्द्व फैलाउने हर्कत पटक पटक गरिरहेका छन् । यहि शिलशिलामा तसलिम अन्सारीलाई केही व्यक्तिहरुले मारपिट गरि बंगुरको खोरमा थुन्ने जस्तो निच हरकत गरेका छन् ।’

उनले देश निर्माणमा अहम भूमिका खेल्ने मुस्लिमहरू बंगुरको खोरमा थुनिनु दुःखद भएको बताए । ‘देश निर्माणमा अहम भूमिका खेल्ने मुस्लिमहरू बंगुरको खोरमा थुनिनु दुःखद हो । जबकी मुस्लिमलाई बंगुरको नजिक जानु त परै जाओस्, हेर्न पनि बर्जित रहेको छ,’ उनले थपे, ‘यसरी पटक–पटक मुस्लिम र दलितमाथिको आस्थामाथि हमला गर्नु कहीँ, कतै स्वीकार्य छैन। यस्ता निच हर्कत गर्ने जोकोहीलाई अविलम्ब गिरफ्तार गरी कानुनी कारबाही गरियोस्।’

प्रतिक्रिया दिनुहोस्