Logo
Logo

माओवादी सांसदको प्रश्न- झ्याप्प झ्याप्प बत्ती काटिनु सरकारको आयुको संकेत हो ?


567
Shares

काठमाडौं । पछिल्लो समय झ्याप्प झ्याप्प बत्ती जाने गरेको सन्दर्भलाई लिएर संसद बैठकमा प्रश्न उठेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र की सांसद दुर्गा राईले झ्याप झ्याप्प बत्ती जाने सरकारको आयुको संकेत हो ? भन्दै प्रश्न गरेकी छन् ।

शून्य समयमा बोल्दै सांसद राईले पछिल्लो समय लाइन काटिएको विषय उठाउँदै सरकारको आयुको संकेतसँग तुलना गरेकी हुन् । उनले भनिन्, ‘पछिल्लो समय झ्याप्प झ्याप्प बत्ती जाने गरेको छ । के यो सरकारको आयुको संकेत हो ?’

केही दिनयता विना सूचना दैनिक ४/५ पटक बत्ती काटिने गरेको भन्दै सर्वसारणलेसामाजिक सञ्जालमा आक्रोश पोख्दै आएका छन् ।

सोही क्रममा उनले माओवादीले सुरु गरेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको सफलताको शुभकामना समेत व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्