Logo
Logo

प्रचण्डलाई काँक्रा उपहार


693
Shares

दैलेख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक किसानले काँक्रा उपहार दिएका छन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियानका क्रममा दैलेख सदरमुकाम जाँदैगर्दा आइतबार चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधमा स्थानीय किसान नगेन्द्र खड्काले अध्यक्ष प्रचण्डलाई काँक्रो उपहार दिएका हुन् ।

प्रचण्डको सचिवालयका अनुसार खड्का खेती–किसानीमार्फत जीवन निर्वाह गर्दै आएका व्यक्ति हुन् । देशका पूर्वप्रधानमन्त्रीलाई आफ्नै मिहिनेतले उब्जाएको काँक्रो उपहार दिन पाउँदा उनले खुसी व्यक्त गरे । माओवादी केन्द्र निकट किसान संगठमा काम गर्ने उनी डोकोमा काँक्रो लिएर स्वागतमा थिए ।

प्रतिक्रिया दिनुहोस्