काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले न्यायपालिकाको कार्यशैलीमाथी प्रश्न खडा भएको बताएकी छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गौतमले अदालतले कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गर्न थालेको र यसरी देशमा विधिको शासन कायम हुन नसक्ने बताइन् । अदालतले पनि कार्यपालिका जस्तै प्रवृत्तिमा न्या सम्पादन गर्न थाल्दा विधिको शासन कायम हुन नसक्ने उनले बताइन् ।

अदालतले कानुनको उचित प्रक्रिया उल्लङ्घन गरेको भन्दै पूर्वन्यायाधीशहरुको फोरमले समेत प्रश्न उठाउनुपर्ने बेला भएको बताइन् । सूर्यदर्शन सहकारी हिनामिना प्रकरण मुद्दामा पार्टी सभापति रवि लामिछाने पक्षलाई पेसी तोकिएको सूचना नै नदिई उच्च अदालत पोखराले बिहीबार एकतर्फी सुनुवाइ अघि बढाएको प्रति सांसद गौमले सो प्रतिक्रिया जनाएकी हुन् ।
‘संसद् र सरकार एउटा राजनीतिक परिवेशबाट उदाउने संस्था हुन् । यहाँ जनताका अपेक्षा पूरा नभएका हुन सक्छन् । असन्तुष्टि हुन सक्छन् । न्यायालय भनेको एउटा आशाको धरोहर हो,’ उनले भनिन्, ‘जनताले सबै ठाउँमा अन्याय भए पनि त्यहाँ न्याय हुन्छ है भनेर जाने ठाउँ हो । न्यायलयमाथि पनि जनताले विश्वासको वातावरण सिर्जना नभएको महसुस गरिरहेका छन् र यो गम्भीर विषय हो ।’
‘अदालतको कानूनको उचित प्रक्रिया मिचिएको देख्दा, उल्लङ्घन भएको देख्दा त पूर्वन्यायाधीशहरूको फोरमले नै अब न्यायपालिकाकै कार्यशैलीमा प्रश्न उठाउनुपर्ने बेला भयो कि रु आफू पूर्व भएको कारणले टिप्पणी गर्नुपर्ने बेला भयो कि भन्ने जस्तो महसुस भएको छ,’ गौतमले भनिन् ।
‘यदि अदालतले पनि कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गर्न थाल्यो भने देशमा विधिको शासन कायम रहँदैन । केवल विधिको आवरण मात्रै बाँकी रहन्छ,’ गौतमले भनिन्, ‘यदि यो प्रक्रिया भयो भने जनताको आक्रोश सडकमा पोखिनु स्वभाविक परिप्रवाह हो । न्याय सम्पादन हुनु अघि नै न्यायिक प्रक्रियाको हत्या हुँदैछ सभामुख महोदय । यसको मौन साक्षी हुने कि जागरुक प्रतिरोध गर्ने रु अब यो संसद् र नागरिक समाजको साझा जिम्मेवारी हो ।’














