Logo
Logo

माओवादी बलियो हुँदा देश बलियो हुन्छ : प्रचण्ड


441
Shares

दैलेख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी बलियो हुँदा देश बलियो हुने बताएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानअन्तर्गत आइतबार दैलेखमा आयोजित सभामा उनले माओवादी बलियो हुँदा दलित, मजदुर, महिला, किसानलगायत उत्पीडित वर्ग बलियो हुने उल्लेख गरे ।

The current image has no alternative text. The file name is: prachand-1.gif

“माओवादी बलियो हुँदा दलित, महिला, मजदुर र किसान बलियो हुन्छन्, अन्ततः नेपाल बलियो हुन्छ,” प्रचण्डले भने । उनले ७० वर्षको उमेरमा पनि ३० वर्षे युवाजस्तै देशभर दौडिरहेको बताउँदै बाँकी क्रान्ति पूरा गर्ने उद्देश्यले अभियानमा सक्रिय रहेको जनाए ।

प्रचण्डले मध्यपहाडी लोकमार्ग माओवादीको प्रस्तावमा बनेको दाबी गर्दै यसैका लागि पार्टीले अभियान चलाएको बताए । “यो लोकमार्गको प्रस्तावक माओवादी र प्रचण्ड हो,” उनले थपे ।

प्रतिक्रिया दिनुहोस्