ललितपुर । ललितपुर जिल्ला अदालतले जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश टेकराज जोशीको इजलासले ठगी र आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका यादवलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

डा। शरदसिंह यादवले दिएको जाहेरीका आधारमा सुरेन्द्रनारायणलाई गत वैशाख ७ गते सप्तरीको राजविराजबाट पक्राउ गरिएको थियो । जनमत पार्टीका निलम्बित उपाध्यक्ष दीपक साहले अदालतको आदेशबारे जानकारी दिँदै कोषाध्यक्ष यादवकी श्रीमती ललिता कुमारी यादवविरुद्धको पक्राउ पुर्जी खारेज भएको बताए । अदालतले ललितालाई पक्राउ नगर्न आदेश दिएको छ ।














