Logo
Logo

इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट पनि दोषी ठहर


2.4k
Shares

काठमाडौं ।  सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । विशेष अदालतको फैसला बदर गर्न र तारेखमा रही पुर्पक्ष गर्न माग गर्दै तामाङले सर्वोच्चमा दिएको निवेदन खारेज भएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले शुक्रवार विशेष अदालतको फैसला भएकोले निवेदनमा कुनै आदेश आवश्यक नरहेको भन्दै कानुनअनुसार गर्न आदेश दिएको हो । विशेष अदालतले २०८० फागुन २१ मा तामाङलाई १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामाङविरुद्ध ३ अर्ब ३१ करोड बिगोसहित जग्गा र सम्पत्ति जफतको माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्