Logo
Logo

तीन वडाध्यक्षद्वारा मेयर बालेन्द्र साहको समिति संयोजक जिम्मेवारी अस्वीकार


3.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नियुक्त गरेका तीन वडाध्यक्षले विषयगत समितिको संयोजक जिम्मेवारी नलिने निर्णय गर्दै पत्र पठाएका छन् ।

सुशासन समितिका संयोजक दलबहादुर कार्की, सूचना प्रविधि समितिका संयोजक वीरेन्द्र प्रजापति र सम्पदा तथा पर्यटन समितिका संयोजक विनोद राजभण्डारीले संयुक्त हस्ताक्षरित पत्रमा कार्यपालिका बैठकबाट नियुक्ति अनुमोदन नभएको भन्दै जिम्मेवारी नलिने जनाएका छन् ।

महानगरको २०७९ असार १० को कार्यपालिका बैठकले १२ विषयगत समिति गठन गर्ने निर्णय गरेको थियो । मेयर साहले जेठ १ मा चलानी नम्बर ६२०, ६२१ र ६२२ मार्फत तीन कार्यपालिका सदस्यलाई संयोजक तोकेका थिए । तर, नियुक्ति नियम विपरीत भएको र मेयरले आलोचक वडाध्यक्षहरूलाई निशाना बनाएको भन्दै तीनजनाले जिम्मेवारी अस्वीकार गरेका हुन् । 

यसअघि मेयर साहले वडा नं. १७ का नविन मानन्धर, वडा नं. २६ का ख्यामराज तिवारी, वडा नं.८ का आशामान सङ्गत र वडा नं. २३ का मचाराजा महर्जनलाई संयोजकबाट हटाएर नयाँ नियुक्ति गरेका थिए। पार्टी नेतृत्वले समेत मेयरको मनपरी नियुक्तिमा सहभागी नहुन निर्देशन दिएको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्