Logo
Logo

काठमाडौकै बस्ती पहिरोको जोखिममा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ साउन । काठमाडौंकै दुर्गम तथा विकट मानिने शंखरापुर नगरपालिका–२ पटापको बस्ती जोखिममा परेको छ । वर्षा शुरु भएसँगै आएको पहिरोले पटापको एकै ठाउँका आठभन्दा बढी घर उच्च जोखिममा परेका छन् ।
पहिरोले एउटै टोलका यदुनाथ दंगाल, गोविन्द दंगाल, रमेश लामिछाने, दिपु तामाङ तथा कार्की टोलका हीराप्रसाद खड्कालगायतको घर उच्च जोखिममा परेका समाजसेवी शंकर तिवारीले जानकारी दिए । उनका अनुसार जुनसुकै बखतमा पनि मानवीय एवं भौतिक क्षति हुने सम्भावना देखिएकाछ छ । जसका कारण सम्बन्धित निकाय एवं स्थानीय सरकारले तुरुन्त उचित समाधानसहित स्थानान्तरण अथवा जोखिम न्यूनीकरणको लागि पहलकदमी चाल्नुपर्ने उनले बताए ।
सरकारको खोजी भनेकै असजिलो र असामान्य परिस्थितिमा हुने भन्दै पीडित यदुनाथ दंगालले जोखिममा परेकाको उचित व्यवस्थापनका लागि सरकार यथाशीघ्र लाग्नुपर्ने माग गए ।

प्रतिक्रिया दिनुहोस्