Logo
Logo

जुम्लाको गुठीचौरमा चट्याङ लागेर २२ च्याङ्ग्रा मरे


945
Shares

जुम्ला ।  जुम्लाको गुठीचौर गाउँपालिका–२ को झुलेनी खोलानजिकैको महादेव सामुदायिक वनमा चट्याङ लागेर २२ वटा च्याङ्ग्रा मरेका छन् । शनिवार साँझ चरनबाट फर्काउने क्रममा चट्याङ पर्दा स्थानीय हिराबहादुर ऐडीका १६ र धनकृष्ण रोकायका ६ च्याङ्ग्रा मरेका हुन् ।

१०० भन्दा बढी च्याङ्ग्रा चराउन लगिएकोमा झुलेनी खोलापारीको पाखामा चट्याङ परेको हो । चट्याङको झट्काले गोठाला हिराबहादुर ऐडी र धनकृष्ण रोकाय झन्डै एक घण्टा बेहोस भएका थिए । पछि दुवैलाई गाउँलेले उद्धार गरी राति ९ बजे घर ल्याएका थिए ।

धनकृष्णको दाहिने खुट्टामा चोट लागेको छ। चट्याङले करिब ३ लाख ३० हजारबराबरको क्षति भएको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस्