Logo
Logo

हुम्लाको तील गाउँमा बाढी–पहिरो, १८ घरधुरी जोखिममा


315
Shares

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६, लिमी उपत्यकाको तील गाउँमाथि रहेका दुई हिमताल फुट्दा लेदोसहितको बाढी र पहिरोले ठुलो क्षति पुर्‍याएको छ । जेठ १ को राति ११ बजे आएको बाढीले ५० घरधुरीमध्ये १८ घरधुरीलाई उच्च जोखिममा पारेको छ । अहिले सो क्षेत्रका २१ महिला, ९ पुरुष र २ बालकसहित ३२ जना खुला चौरमा त्रिपालमुनि बस्न बाध्य छन् ।

५,३०० मिटर उचाइमा रहेका थाक्रा डाँडाका दुई हिमताल फुटेको पाइयो  स्थानीयहरुले जनाएका छन् ।  बाढीले सेखाङ्लुङ्बा र तिल्जुङ् खोलामा ठुलो क्षति पुर्‍याएको छ । तिल्चुङ खोलाका ५ काठेपुल, १५ किलोवाटको जलविद्युत् भवन, मेसिन, ४०० रोपनी सिँचाइ कुलो र खानेपानी संरचना बगाएको छ । स्थानीय सोनाम साङमु लामाको घरको छतमा प्वाल परेको र छे बुटी लामाको घर चर्किएको छ ।

जेठ २ मा सशस्त्र र नेपाल प्रहरीको १३ जनाको टोली उद्धार र क्षति मूल्याङ्कनका लागि पुगेको थियो । तर, ४,७०० मिटरमाथि लेक लाग्ने समस्याले सुरक्षाकर्मी फर्किएका छन् । 

प्रतिक्रिया दिनुहोस्