Logo
Logo

सिरहामा स्रोत नखुलेको ७१ लाख नगद र लागुऔषधसहित ५ जना पक्राउ


1.1k
Shares

जनकपुरधाम । सिरहामा लागुऔषध र स्रोत नखुलेको रकमसहित छुट्टाछुट्टै स्थानबाट पाँचजना पक्राउ परेका छन् । लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय २६ वर्षीया किरणकुमारी यादव र उनका दाइ ३२ वर्षीय दिनेशकुमार यादव छन् । दुवैजनाको साथबाट ५५ लाख रुपैपाँ र २०० ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

शुक्रबार साँझ ७ बजेको को ५ प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरूका साथबाट २२.९० ग्राम ब्राउन सुगर र ५१ हजार ४५० रुपैयाँ बरामद भएको थियो । त्यसक्रममा केरकार गरेर उनीहरुको घरमा खानतलासी गर्दा थप १८० ग्राम ब्राउन सुगर, ५४ लाख १४ हजार २८५ नेपाली र ३५ हजार ७८० भारतीय रुपैयाँ बरामद भएको पत्रकार सम्मेलनमा डिएसपी पासवानले जानकारी दिए ।

यस्तै, उनीहरुको साथबाट एक थान डिजिटल तराजु र ६ थान मोबाइल बरामदसमेत बरामद भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरु दुवैजना लागुऔषध कारोबारी रहेको खुलेको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले सिरहा नगरपालिका–१७ का ४५ वर्षीय सञ्जय कारकलाई स्रोत नखुलेको १६ लाख ३८ हजार ३७० रुपैयाँसहित पक्राउ गरेको छ । हुण्डीकारोबारी रहेको सूचनाको आधारमा शनिबार दिउँसो सिरहा–२ स्थित महावीर चोकबाट उनलाई चेकजाँच गर्दा रकमसहित पक्राउ गरेको डिएसपी पासवानले बताए ।

यस्तै, सिरहाबाटै औरही गाउँपालिका–३ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज रायलाई प्रहरीले ७१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । बरियारपट्टी गाउँपालिका–३ बाट शनिबार दुबैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्